मङ्ल, मंसिर ९, २०८३
Search
मङ्ल, मंसिर ९, २०८३

नारायणी महोत्सवमा कुमा सागर एण्ड द ख्वपाको कन्सर्टमा झुमे दर्शक

Share:
5
चितवन, मंसिर ८ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा सोमबार साँझ चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्टले महोत्सवको माहोल तताएको छ ।

उनको प्रस्तुति हेर्न महोत्सव परिसरमा दर्शकको उल्लासमय सहभागिता देखिन्थ्यो ।

कुमा सागरले आफ्ना चर्चित गीत ‘ओ चम्पा’, ‘ए माई रे’, ‘फर्फुरी’, ‘चाहारे सारी’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए । उनका लोकप्रिय गीतमा दर्शकले हुटिङ, ताली र नृत्यमार्फत भरपूर साथ दिएका थिए ।

नेपाली मौलिक संगीत र फरक सांगीतिक शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय कुमा सागर एण्ड द ख्वपाको प्रस्तुतिले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाएको थियो ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा जारी दोस्रो संस्करणको नारायणी महोत्सव  मंसिर १८ गतेसम्म चल्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।