बिहि, भदौ २५, २०८३
Search
बिहि, भदौ २५, २०८३

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, श्रमिक उडान ठप्प

Share:
17

भदाै १ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेको छ।

म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत पूर्ण रूपमा रोकिने सङ्घले जनाएको छ।

सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि पूर्ण रूपमा काम-कारोबार ठप्प गर्न लागिएको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले आइतबार राति १२ बजेसम्म सबै म्यानपावरलाई प्रक्रिया पूरा भएका श्रमिकको उडान गर्न एक साताअघि नै सर्कुलर जारी गरेको बताएका छन्। उनले १२ बजेसम्म प्रक्रिया पूरा भएकाहरूको उडान भएको र त्यसपछि भने सबै उडान रोकिने जानकारी दिएका छन्।

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागहरूबारे कुनै ठोस सहमति हुन सकेको थिएन। मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले समस्यालाई प्राथमिकतामा नराखेको सङ्घको आरोप छ।

सोमबारदेखि काठमाडौँस्थित मुख्य कार्यालय, देशभरका शाखा कार्यालय, नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व-निर्धारित सम्पूर्ण श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी एवम् प्रशासनिक काम-कारोबार पूर्ण रूपमा बन्द हुनेछन्।

 

 

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।