बुध, साउन ६, २०८३
Search
बुध, साउन ६, २०८३

चुनौती र कठिनाइ छिचोल्दै स्थापनाको ४६ वर्षपछि बन्यो रत्ननगरको भानु प्रेरणा पुस्तकालयको भवन

Share:
65

रत्ननगर, असार २२ । रत्ननगरको आफ्नै छुट्टै इतिहास बोकेको ऐतिहासिक पुस्तकालय ‘श्री भानु प्रेरणा पुस्तकालय’ को नयाँ भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। वि.सं. २०३७ सालमा स्थापना भएको यस पुस्तकालयले लामो समयपछि आफ्नै सुविधासम्पन्न भवन पाएको हो।

विभिन्न कालखण्डमा अनेकौँ कठिनाइ र झन्झटहरू सामना गर्दै, धेरै व्यक्तित्वहरूको अथक योगदान र प्रयासपछि भवन निर्माण कार्यले पूर्णता पाएको हो। निर्धारित सीमित बजेट र तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गरिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलसी गिरीले जानकारी दिए ।

भवन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरू प्रति उपभोक्ता समितिले उच्च सम्मान र आभार प्रकट गरेको छ। पुस्तकालय भवन निर्माणका लागि बहुमूल्य जग्गा प्रदान गर्नुहुने  समाजसेवी भवदत्त लामिछानेप्रति समितिले विशेष कृतज्ञता व्यक्त गरेको छ।

त्यस्तै, भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिने रत्ननगर नगरपालिकाका नगर प्रमुख  प्रलाद सापकोटा, उप-प्रमुख यादव प्रसाद पाठक र रत्ननगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष  कुल प्रसाद सापकोटाप्रति उपभोक्ता समितिले  धन्यवाद ज्ञापन गरेको छ।

उपभोक्ता समितिका अध्यक्ष तुलसी गिरीले भानु प्रेरणा पुस्तकालयका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष तथा अग्रज व्यक्तित्वहरूले आफूमाथि विश्वास गरेर ‘भवन निर्माण उपभोक्ता समिति’ को अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी सुम्पिएकोमा धन्यवाद  व्यक्त गरेका छन ।

अध्यक्ष गिरीले भने ‘अग्रजहरूले सुम्पिनुभएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। निर्माण कार्य अवधिभर अमूल्य सल्लाह-सुझाव दिनुहुने, कार्यसमितिमा रहेर अहोरात्र खटिनुहुने कार्यसमिति सचिव, कोषाध्यक्ष तथा सम्पूर्ण सदस्यज्यूहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु।’ बाँकी कामहरूका लागि बजेटको अपेक्षा
पुस्तकालयको मुख्य भवन संरचना निर्माण भइसके तापनि यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै केही प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू बाँकी रहेका छन्।

भवनमा भर्र्याङ्, फर्निचर, खानेपानी, बिजुलीका सामानहरू जडान तथा रङरोगन गर्ने जस्ता कामहरू बाँकी रहेकाले आगामी दिनहरूमा पनि रत्ननगर नगरपालिका र वडा कार्यालयबाट आवश्यक बजेट विनियोजन हुनेमा उपभोक्ता समितिले पूर्ण आशा राखेको छ। पुस्तकालयको इतिहासलाई जीवन्त राख्दै नयाँ पुस्तालाई ज्ञानको उज्यालो छर्न यो भवन कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।