शनि, असार १३, २०८३
Search
शनि, असार १३, २०८३

होर्मुजमा जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले इरानलाई लगाए युद्धविराम उल्लंघनको आरोप

Share:
21

असार १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा एक मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिएका छन् ।

उनले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा चार वटा ड्रोन प्रहार गरेको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो ।

‘यस आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो । हामीले अन्य तीन वटा ड्रोन खसाल्यौं । यो हाम्रो युद्धविराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लंघन हो,’ ट्रम्पले लेखेका छन् ।

बेलायतको समुद्री सुरक्षा एजेन्सी यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार बिहीबार ओमानको दहीत बन्दरगाहबाट करिब ७.५ समुद्री माइल दक्षिण–पूर्वमा रहेको एक मालवाहक जहाजमाथि अज्ञात प्रोजेक्टाइलबाट आक्रमण भएको थियो । यद्यपि घटनामा कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन ।

समुद्री सुरक्षा कम्पनी व्यानगार्डका अनुसार सिंगापुरको झण्डा बोकेको मालवाहक जहाज एभर लभ्ली आक्रमणपछि पनि सुरक्षित रूपमा होर्मुज जलमार्ग पार गर्न सफल भएको थियो र उसलाई कुनै बाह्य सहायता आवश्यक परेको थिएन ।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण फेब्रुअरीदेखि खाडी क्षेत्रमा सयौं जहाज तथा हजारौँ नाविक प्रभावित भएका छन् ।

होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबार उद्धार तथा निकासी अभियान सुरु गर्ने घोषणा गरेको थियो । तर बिहीबारको आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको बताइएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।