बिहि, कार्तिक २७, २०८३
Search
बिहि, कार्तिक २७, २०८३

चितवनको कालिकामा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० घाइते

Share:
18
रत्ननगर, असोज १९ । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा आज दिउँसो ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३-०१-०२४ च ३४७३ नम्बरको बलेरो गाडी दिउँसो करिब साढे १ बजे आपसमा ठक्कर खाएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका बलेरोमा सवार ११ जनालाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारका क्रममा दिउँसो २:३९ बजे कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ।
दुर्घटनामा परि कालिका–३ का ३९ वर्षीय बलेरो चालक कोमल बहादुर श्रेष्ठसहित सोही वडाका ५२ वर्षीया सावित्री माझी, २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा (टाउकोमा चोट), २० वर्षीया पवित्रा वि.क., ४२ वर्षीया लाल कुमारी गुम्वा र ३५ वर्षीया सितामाया श्रेष्ठ तथा कालिका–७ बस्ने २६ वर्षीया उमा श्रेष्ठ घाइते भएका छन्। सबै घाइतेहरूको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले ना ६ त ६४४४ नम्बरको ट्याक्टर, बलेरो र ट्याक्टर चालक कालिका–१ बस्ने ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।