कालिका, असोज २६ । चितवनको कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा आउनु भएको छ । युवा, श्रम तथा राेजगार मन्त्रालयमा रहनुभएका थापा कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा आउनुभएको हो ।
कालिका नगरपालिका चितवनमा आजैदेखि प्रमुख प्रशाासकीय अधिकृत थापाले कार्यभार सम्हाल्नु भएको छ । उहाँलाई नगर प्रमुख प्रमुख विनाेद रेग्मी, नगरका प्रवक्ता तथा कालिका- २ का वडा अध्यक्ष लक्ष्मण पाैडेल, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी लगाएतले स्वागत गर्नुभएको थियो ।
कालिको विकास र सेवाप्रवाहलाई प्राथमकितामा राखेर काम गर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत थापाले सबैको सहकार्यमा अघि बढ्ने बताउनुभयो ।
कालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनुभएका देवराज चाैलागाई किर्तिपुर नगरपालिका काठमाडाैं सरुवा हुनुभएकाे छ ।








