शुक्र, कार्तिक ७, २०८३
Search
शुक्र, कार्तिक ७, २०८३

आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम

Share:
17

चितवन, असोज २३ । चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ ।

विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गर्नुभएको थियो । एक वाकको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गर्नुभएको थियो। क्रमशः सङ्गीतको तालमा नाँच्दै सहभागीले एक वाक गरेका थिए ।

केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार वाक अस्पतालरोड, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोकबाट पुनः चौबीसकोठी, एयरपोर्ट चोक हुँदै सङ्घको परिसरमा आएर समापन गरिएको छ ।

सहभागीहरुले मानव स्वास्थ्यमा अण्डाको महत्व दर्साउने झाँकी प्रस्तुत गरेका थिए । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्नुभएको थियो ।

अण्डा सन्तुलित आहारको महत्वपूर्ण हिस्सा हो । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्वमा अण्डा दिवस मनाउने चलन छ । यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।

सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।