बिहि, असार ४, २०८३
Search
बिहि, असार ४, २०८३

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

Share:
10

वासिङ्टन, असार ४ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

यो समझदारीसँगै अमेरिका र इस्रायलले इरानविरुद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ । दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जानकारी दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधि ‘अन्तिम समयसीमा’ नभएको बताएका छन् । यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ ।

यद्यपि, ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता ६० दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध सुरु हुने र इरानमाथि “भीषण बमबारी” गर्ने चेतावनी समेत दिएका छन् ।

सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको एउटा विशेष कोष प्रस्ताव गरिएको छ । अमेरिकी अधिकारीका अनुसार यो कोषमा इरानका छिमेकी मुलुकले रकम जम्मा गर्नेछन् र यसको प्रयोग युद्धबाट ध्वस्त भएका इरानी पूर्वाधारको पुनर्निर्माणमा गरिनेछ । इरानले पनि आफ्ना क्षेत्रीय साझेदारले मुलुकमा ३०० अर्ब डलर लगानी गर्ने र त्यसको एउटा हिस्सा पुनर्निर्माणमा खर्च गरिने पुष्टि गरेको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।