शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

चैत १२, १३ र १४ गते सौराहा ‘फुड फेस्टिबल’ हुने

Share:
207

रत्ननगर, चैत्र १० । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो ।

सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको उद्देश्य र तयारीका बारेमा जानकारी दिएको हो ।

 

निर्वाचनको आचारसंहिताका कारण रोकिएको फुड फेस्टिबल स्वरुप परिर्वतन गरी चैते दसैको अबसरमा आयोजना गरिएको जनाएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए ।

प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारालाई आत्मसाथ गर्दै खाना, संगित र संस्कृतिलाई अबधारण अनुसार फेस्टिबल आयोजना गरिएको उनले बताए ।

निर्वाचनको समयावधिमा सुरक्षा, सहभागिता तथा व्यवस्थापनमा सम्भावित असरलाई विचार गरी कार्यक्रमलाई पुनः सञ्चालन गर्ने नयाँ मिति तय गरिएको भन्दै रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले सौराहा सहित चितवनको पर्यटन विकासमा फेस्टिबल कोसेढुंगा सावित हुने बताए ।

सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरी फेस्टिबलको तयारी गरिएको कार्यक्रम सहसंयोजक पुरुषोत्तम लामिछानेले बताए ।

सौराहा आएका पर्यटकलाई गीत संगितमा रमाउदै सडकमै खानाका परिकार उपलब्ध गराउने योजना रहेको उनले बताए ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासंस्कृति भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको रेवानका महासचिव नविन नेपालले बताए ।

फेस्टिबल अन्तर्गत बहुल जातजातीहरुको झाँकी प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर वेटरेस बीच प्रतियोगिता समाबेश गरिएको छ ।

फेस्टिबल सम्पन्न गर्न ६० लाख खर्च लाग्ने र एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको फेस्टिबलको सह–आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि. रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले फेस्टिबलको निरन्तरताको लागि यस बर्ष सडक फुड फेस्टिबल गर्न लागिएको बताए ।

स्वदेशी तथा विदेशी पर्यटक सडकमै रमाउने गरी तयारी गरिएको उनको भनाई छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।