बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

रत्ननगर खानेपानीको तीन वर्षे उपलब्धि सार्वजनिक : ६४ किमी पाइपलाइन विस्तार, चार हजार थपिए उपभोक्ता

Share:
148

रत्ननगर, चैत्र २४ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन बर्षको अबधिमा गरेका काम र त्यसको उपलब्धि सार्वजनिक गरेको छ ।

संस्थाले मंगलबार कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी गरी २०७९ भदौं देखि अहिले सम्म गरेका काम सार्वजनिक गरेको हो ।

माधव अर्याल नेतृत्वको समितिले तीन बर्षको अबधिमा चार हजार उपभोक्ता थप गर्न सफल भएको छ भने ६४ किलोमिटर पाइपलाइन विस्तार गरी उपभोक्ताको घरघरमा पानी पुर्‍याएको छ ।

पानीको स्रोत संरक्षण तथा सुरक्षाको लागि एक घर एक पोखरी, एक घरदुई विरुवा तथा एक घर एक घारा जडान गरिएको संस्थाका अध्यक्ष माधन अयालले बताए ।

संस्थालाई बलियो बनाउन २०८० सालमा सौराहा बछौली खानेपानी आयोजनालाई मर्ज गरिएको थियो । संस्था मर्ज गर्दा एउटा ओभरहेड ट्याङकी र दुई वटा बोरिङ सहित ७१३ उपभोक्ता, ५४ किलोमिटर पाइपलाइन थप तथा २८ लाख ३२ हजार रुपैया समेत संस्थामा आएको अध्यक्ष अर्यालले बताए ।

सो संस्थाले ११० न्युनतम शुल्कबाट घटाएर ८० रुपैया कायम गरेको छ । संस्थाले सामुदायिक विद्यालयलाई धारा जडानमा ५० प्रतिशत छुट, रातो कार्डधारी अपाङ्गता भएकाहरुलाई निःशुल्क धारा जडान, किस्ताबन्दीमा धारा जडान गर्न सक्ने व्यवस्था गरेको छ ।

९ हजार ५०० धारा जडान शुल्कबाट घटाएर ८ हजार ५०० कायम गरिएको छ । ८४ प्रतिशत घरधुरीमा पानी वितरण गर्दै आएको सो संस्थाले बाँकी रहेका ४ हजार ५०० बढी घरधुरीमा पानी पुर्‍याउन ३६ करोडको सहलगानी आयोजना अन्तर्गत दुई वटा ओभरहेड ट्याङ्की लगायतका पूर्वाधार निर्माणको काम भइरहेको अध्यक्ष अर्यालले बताए तेस्रो चरणको मर्मत सुधार कार्यक्रम अन्तर्गत २ करोड ५४ लाख रुपैया लगानी शुब्बाचोकमा एउटा बोरिङ, ३० वटा भल्ब चेम्बर, साढे १८ किलोमिटर पाइपलाइन विस्तार गरिएको संस्थाका सचिव प्रताप डल्लाकोटीले बताए ।

सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानीमा उक्त काम गरिएको उनले जानकारी दिए । संस्थाले बटुवाहरुको लागि सेवा क्षेत्र भित्रका १३ वटा चोकमा सार्वजनिक धारा सञ्चालन गरेको सचिव डल्लाकोटीले बताए ।

पानीको सुरक्षाको लागि सो संस्थाले घरघरमा रिचार्ज पिट निर्माण गरिरहेको छ । उपभोक्ताको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानीमा रिचार्ज पिट निर्माणको काम भइरहेको संस्थाकी कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् ।

घरमा खेरजाने पानीको सुरक्षा गरी जमिनमुनी पानीको रिचार्जका लागि रिचार्ज पिट निर्माण सुरु गरेको भन्दै उनले अहिले सम्म १०२ घरधुरीमा पिट निर्माण भइसकेको जानकारी दिइन् ।

पानीको सुरक्षाको लागि सो संस्थाले उपभोक्तहरुलाई २५ हजार विरुवा वितरण गरेको उनले बताइन् । संस्थाले अपेक्षाकृत आर्थिक उपलब्धि समेत हासिल गरेको पाइएको छ ।

चालु आर्थिक बर्षको चैत १५ गते सम्म एक करोड ९८ लाख रुपैया बैंक मौज्जात रहेको लामाले बताइत् । २०५८ सालमा स्थापना भएको सो संस्थामा हाल १५ हजार ३०० उपभोक्ता रहेका छन् ।

२०७९ भदौंमा सर्वसम्मत भएको सो संस्थाको यही चैत २८ गते साधारण सभा तथा अधिवेशन हुँदैछ । अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । १५ उपभोक्ता बराबर एक पार्सद चुनिएकाहरुबाट कार्यसमिति र लेखा समिति चयन गर्ने विगतको परम्परालाई तोड्दै यस पटक सबै उपभोक्ताले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि संस्थाको विधान संसोधन समेत गरिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।