बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

राेयल राईनो राईडर्स मोटरसाइकल क्लवबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहण

Share:
221

चितवन । चितवनस्थित रोयल राईनो राईडर्स मोटरसाइकल क्लवले आफ्नो ५औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। मोटरसाइकल यात्रा मार्फत विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएको उक्त क्लव सामाजिक कार्यमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ।

क्लवका अध्यक्ष मन्दिपमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रानाभाटले क्लवले मोटरसाइकल यात्रामार्फत चितवनको एकसिंगे गैडा तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। साथै, मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने तथा ट्राफिक नियम पालना नगर्ने व्यक्तिलाई सदस्यता नदिने क्लवको नीति अत्यन्त प्रशंसनीय रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रितम श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न विधामा ९ वटा अवार्ड प्रदान गर्नुभएको थियो। सो अवसरमा ‘आइरन पिल्लर’ तथा ‘क्लब पार्टिसिपेसन टाइटल वेड’ अवार्डबाट सुविर चरण श्रेष्ठ सम्मानित हुनुभयो भने ‘गार्डियन अफ रोड’ अवार्डबाट संजय लोप्चन पुरस्कृत हुनुभयो।

यसैगरी, ‘हेरिटेज हिरो अवार्ड’ मन्दिपमान श्रेष्ठलाई, ‘फारवेस्ट ट्राभल्स पिलियन अवार्ड’ गिरिस नहर्कीलाई तथा ‘उडन स्पुन अवार्ड’ दिलिप बोमजनलाई प्रदान गरिएको थियो। ‘वाई स्काउट अवार्ड’ मार्फत गोकर्ण महतो सम्मानित हुनुभयो।

यस्तै, ‘भिन्टेज भ्वायजर अवार्ड’ आशिष गुरुङलाई प्रदान गरिएको थियो भने ‘भिन्टेज भ्वायजर’ र ‘माइलस्टोन राइडर अवार्ड’बाट ज्याक्कि गुरुङ सम्मानित हुनुभएको थियो।

क्लवको ५औं अधिवेशनमार्फत निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा मन्दिपमान श्रेष्ठ, उपाध्यक्षमा ज्याक्कि गुरुङ, सचिवमा रुक्सन गुरुङ, सहसचिवमा दीक्षित पौडेल तथा कोषाध्यक्षमा शुभम लामा चयन हुनुभएको छ। यसैगरी, क्लवका प्रतिनिधिका रूपमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंह तथा रोड क्याप्टेन संजय लोप्चन तामाङले समेत पदभार ग्रहण गर्नुभएको छ।

कार्यक्रममा FORE Nepal का अध्यक्ष सुनिल मानन्धरको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा गल्फ मोबिलका आधिकारिक बिक्रेता आशीर्वाद अटो ट्रेडिङका प्रोप्राइटर सुभाष कँडेलज्यूको पनि विशेष आतिथ्यता रहेको थियो। रोयल इन्फिल्ड, यति अटोमोबाइल्स, सन अटोमोबाइल्सका प्रतिनिधि लगायत विभिन्न मोटरसाइकल क्लवहरू लोको सवारी, दाहा भिन्टेज, श्री ५, वोका राइडर्स, हिमालयन राइडर्स, माइलस्टोन इन्फिल्डर्स तथा कावासोती इन्फिल्डर्स क्लव, रोटर्याक्ट क्लब अफ भरतपुरको सहभागिता रहेको थियो।

क्लबका प्रतिनिधि डा. शशांक कुमार सिंहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रोड क्याप्टेन संजय लोप्चनले स्वागत मन्तव्य राख्नुभएको थियो। यसैगरी, पूर्व अध्यक्ष सुविर चरण श्रेष्ठले क्लबको इतिहासबारे जानकारी गराउनुभएको थियो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।