शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उम्मेदवार बुर्लाकोटी

Share:
164

रत्ननगर, माघ १७ । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् ।

नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरिक कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताए ।

कांग्रेसका नेता–कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले आफ्नो परिवारको भोट सम्हाल्दै गाउँ–टोलमा पुगेर आफ्ना उमेदवारका पक्षमा भोट माग्नुहोस् । तपाईंहरु दृढ संकल्पका साथ लाग्नुभयो भने सभापति गगन थापा प्रधानमन्त्री बन्नुहुनेछ ।’

उनले भने, ‘कसैलाई गालीगलौज नगर्नुहोस् । भीडले भोट आउने होइन, भोट गाउँबस्तीमा छ । कुनाकाप्चामा छ । मतदातासमक्ष पुग्नुहोस् ।’

आफूले ५० वर्षदेखि यही क्षेत्रमा जनताको दुःख–सुखमा काम गर्दै आएको बताउँदै पार्टीले अन्तिमचोटि सम्मान गरेको र यसपटक विपक्षी पार्टीको पनि साथ र समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित रहेको भन्दै अब घोषणा गर्नमात्र बाँकी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा निर्वाचन संयोजक किरणभूषण ओलीले क्षेत्र नं १ मा आफ्ना जनप्रतिनिधिले गरेका विकासका कामहरु हेरेर पनि कांग्रेस उमेदवार बुर्लाकोटीलाई जनताले मत दिने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईंहरु तन, मन र धनका साथ संयमतापूर्वक समय दिएर स्वच्छ छवि बोकेका आफ्ना उमेदवारलाई जिताउन लाग्नुहोस् ।’

यस्तै, नेपाली कांग्रेस रत्ननगर नगरसभापति प्रलाद सापकोटाले राजेन्द्रप्रसाद बुर्लाकोटी आफ्नो जीवनमा कुनै काण्डमा नमुछिएको स्वच्छ छविका नेता भएको बताए । उमेदवार बुर्लाकोटीले सामाजिक र राजनीतिक योगदान दिएका र आफ्नै बलबुतामा सङ्घर्ष गर्दै व्यावसायिकरूपमा अगाडि बढेको उल्लेख गर्दै यसपटक हार्ने छूट नभएकोले सबैले आआफ्नो ठाउँबाट लागी पर्न आग्रह गरे ।

प्रदेश १ (ख) का सभापति गोविन्द गौतमले देशव्यापीरुपमा कांग्रेसका पक्षमा लहर छाएको बताउँदै ८० वर्षको इतिहास बोकेको कांग्रेस रुपान्तरणसँगै नयाँ दृष्टिकोण लिएर आएकाले तरुण र युवाहरुले मतभेद बिर्सेर चुनावी अभियानमा लाग्न आग्रह गरे । क्षेत्र नं १ को विकास र जनताको समस्या समाधान गर्न राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी नेतृ गीता देवकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उनले लोकतन्त्र र संविधानको संरक्षणमा आफू लागी पर्ने बताइन् ।

नेपाली कांग्रेस रत्ननगरका सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा नगरउपसभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा युवा सुजन क्षेत्रीको सक्रियतामा
रत्ननगरका विभिन्न वडाबाट ६ दर्जन बढी युवा तथा जेनजी युवाहरु पार्टी प्रवेश गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।