शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

Share:
179

आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। मिल्ने साथीले असहयोग गर्ने जोखिम छ। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मिथुन : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कर्कट : दिन सामान्य छ। साथीबाट असहयोग हुनसक्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

सिंह : दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

कन्या : दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि लाग्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

धनु : समझदारीमा काम गर्नुपर्ने छ । तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

मीन : दिन सामान्य छ। काम गर्दा सचेत भएर गर्नुपर्ने देखिन्छ । सञ्चित धन खर्च हुनेछ । परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा होला ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।