मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ?

Share:
112

काठमाडौं, मंसिर ४ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । यो खेल बिहीबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् ।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ ।

चितवन-रवि बोपारालाई कसले रोक्ने

चितवन राइनोज मार्की खेलाडी कुशल मल्ल हुन्। उनले टिमको कप्तानी गर्नेछन्। टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन्। नेपाली र विदेशी खेलाडीलाई चितवनले मिलाएर लिएको देखिन्छ।

इङ्ल्यान्डका रवी बोपराले पहिलो खेलमा आफूलाई प्रमाणित गरिसकेका छन् भने सोहेल तनविरको प्रदर्शन लुम्बिनीका लागि भारी पर्नसक्छ। सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीले चितवनबाट खेल्दैछन्।

चितवनमा नेपाली चर्चित नाम रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन्।

लुम्बिनीको शक्ति

एनपीएल पहिलो संस्करणमा एउटा मात्र खेल जितेको लुम्बिनी यो सिजन शानदार सुरुवात गर्न चाहन्छ। राष्ट्रिय टोलीको कप्तान पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा पूर्व क्रिकेट शक्ति गौचनको विशेष प्रशिक्षण र साथ रहेको छ। यो सिजन लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटसँगै अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ। अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समेटिएका छन्।

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित नाम समेटिएका छन्।

अहिलेसम्म काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।