रत्ननगर, मंंसिर ३ । पूर्वी चितवनकाे रत्ननगरमा पराल बोकेको ट्रकमा आगलागी भएको छ । रत्ननगर वडा नं. ९ त्रिनेत्र पेट्राेलपम्प नजिकै राेकिराखेकाे पराल लाेड गरेकाे ट्रकमा आगलागी भएको हो ।
बुधवार बिहान करिब २: ४५ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट आएको पराल लोड गरिएको लु२ख ५७६२ नम्बरको रोकी राखिएको ट्रकमा एक्कासि आगलागी भएको हो ।
आगलागी पछी क्षती कम गर्न तुरुन्तै ट्रकलाई टिकौली चौरतर्फ लगी दमकलको सहयोगमा आगो निभाईएको थियो । दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ९:३० बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिन सफल भएको र ठूलो जनधनको क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आगलागी किन र कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।








