आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

Share:
163

मंसिर २ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले स्लोभाकियाको पोस्टमा ६ गोल गरेको हो । स्लोभाकियाले भने जवाफी गोल गर्न सकेन।

खेलको १८ औं मिनेटमा निक वोल्टेमाडेको गोलमा अग्रता लिएको जर्मनीका लागि २९ औं मिनेटमा सेर्ज ग्राब्रीले अग्रतालाई दोब्बर बनाए । उसका लागि पहिलो हाफमै थप दुई गोल लिरोय सानोले २६ र ४१ औं मिनेटमा गरे ।

पहिलो हाफमा ४–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि खेलको ६७ औं मिनेटमा रिडले बाकुले पाँचौ गोल गरे भने ७९ औं मिनेटमा अस्सान ओएद्रागोले गोल गर्दै ६–० को शानदार जित निश्चित गरेका हुन् । यो जितसँगै जर्मनी २०२६ को विश्वकपमा छनोट भएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।