सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

चितवनकाे टिकाैली जंगलमा बस दुर्घटना, ३३ जना घाइते

Share:
366

चितवन, कार्तिक १४ । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।  दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो । घाइते सबैको अवस्था सामान्य छ ।

टिकौली जंगलमा बा. प्र.०३०० ख ०१२३ नम्बरको बस दुर्घटना भएको हो । बस पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएर सडकमा पल्टिएको थियो ।

सहप्रवक्ता थापाका अनुसार उक्त बस जनकपुरबाट आउँदै गरेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको यात्रु बसमा समेत ठोक्किएको थियो ।

दुर्घटना भएको बसलाई हटाएर अहिले यातायात सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।