बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

Share:
247

आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक कृष्ण पक्षको औसी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति होला । उपचारमा भए स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । लगानी गर्नु उचित हुन्छ । शिक्षामा सुधारका संकेत देखिने छन् ।

मिथुन : दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

सिंह : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । अरुले फाइदा लुट्ने जोखिम छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । मनमा चञ्चलता थपिने छ ।

कन्या : आजको लागि तपाईंको दिन धेरै राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।

तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । सञ्चित धन खर्च हुनेछ । आफ्नो मूल्यांकन गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ । राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ। सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । मन चञ्चल हुनेछ ।

मीन : दिन सामान्य छ । गुरुबाट नै ठगिने जोखिम छ । बोलीका कारण साथी टाढा हुनसक्छन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।