शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल

Share:
158

आज २०८२ साल असोज २४ गते शुक्रबार । कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन् । परिवारमा मेलमिलाप हुनेछ । राजनीतिमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ ।

वृष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । आजको गरेको लगानीबाट फाइदा हुनेछ । पठनपाठनमा मन जानेछ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा घुमफिरको योग रहेको छ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण काम बिग्रन सक्छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउनसक्छ । धर्मकर्ममा मन जानेछ । राजनीतिमा तपाईंको चासो बढ्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहमा पुग्ने योग छ । धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढ्नुहोला । तपाईंले बनाएका योजनामा गोपनियता कायम गर्नुपर्ने देखिन्छ ।

सिंह : दिन सामान्य छ । तनाव बढ्नेछ । खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । बन्धुसँगको सहकार्यमा गरेको कामबाट केही फाइदा हुनेछ । स्वास्थ्यमा केही सुधार भए पनि शिक्षामा ढिलासुस्ती हुनेछ ।

कन्या : दिन राम्रो छ । आज कृषिसम्बन्धी कारोबारमा फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ । विपक्षी कमजोर भएकाले काम गर्न सहज हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । खर्च बढ्नेछ । राजनीतिक क्षेत्रमा घाटा लाग्ने छ समाजमा सेवाको अवसर प्राप्त हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ ।

वृश्चिक : दिन राम्रो छ । सोचेका काम सहजै अघि बढ्नेछन् । पठनपाठनमा रुची बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । धेरै नबोल्नु उचित हुन्छ । कम बोल्दा फाइदा हुने योग छ । श्रम गरेको क्षेत्रमा काममा ध्यान दिनुपर्ने देखिन्छ । अनावश्यक खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने दिन छ ।

मकर : दिन राम्रो छ । हरेक क्षेत्रमा सुधारका संकेत देखिनेछन् । स्वास्थ्य लाभ हुनेछ । शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । अनावश्यक काममा खर्च बढ्नेछ । आज यात्रा नगर्नु उचित हुनेछ । सामान्य विषयमा झगडा हुनसक्छ । विदेशको यात्रा तय हुनसक्छ । तर समय उपयुक्त नभएकाले नजानु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । शिक्षामा सुधारका संकेत देखिनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।