बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

रावणको तीन वटा प्रतिमा दहन

Share:
151

महोत्तरी, असोज १७ । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।

रामले रावणमाथि विजयादशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।

यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर १ मा अवस्थित वरुण सरोवरको पूर्वी उत्तरी डीलमा विशाल काया भएको रावणका ५१ फिट अग्ला तीन वटा प्रतिमाहरु निर्माण गरिएको दुर्गा पूजा समिति जलेश्वरका अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।
ती प्रतिमा भारतको मुज्जफरपुरबाट आएका सातजना कलाकारहरुको टोलीले २० दिन लगाएर निर्माण गरेका थिए । प्रतिमा निर्माणमा बाँस, रंगिचंगी पताका तथा विष्फोटक पदार्थ प्रयोग गरिएको दुर्गा पुजा समितिले जनाएको छ ।

बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मदतबाट निर्माण गरिएको रावणको पुतलामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रर्दशन गरिएको थियो ।

रावणको प्रतिमा बनाउँदा टाउको, शरीर तथा खुट्टागरी तीन भागमा बनाइएको थियो । मर्यादा पुरूषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले तीर धनुषबाट तीर रावणको नाभीमा हानेपछि रावणकोे पुतला दहन गरिएको हो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।