मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

Share:
188

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

वृष : दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। कामको बोझ थपिने छ। आफन्तको झगडाले मन अशान्त बन्नेछ। स्वास्थ्य र शिक्षाबाट लाभ प्राप्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। लगानी गरेको भए नाफा हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा सुधार हुनेछ। परिवारभित्र गोप्य कुरा सुरक्षित नगर्दा घाटा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कन्या : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। विपक्षी बौद्धिक भएकाले थोरै बोल्नु राम्रो हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। परिवारमा झगडा हुने जोखिम छ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। प्रेममा खटपटी बढ्ने जोखिम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। परिवारसँग तनाव बढ्नेछ।  दाम्पत्य जीवन सफल बन्ने योग छ। विपक्षीको विरोधले काम नबन्ने जोखिम छ। अग्रजसँग सहकार्य गरेमा काम सहज बन्ला। स्वास्थ्यमा सुधारका लागि खानपानमा सचेत बन्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथीसँगको भेटले मन शान्त हुनेछ। शिक्षमा जोस र जाँगर बढ्नेछ। थोरै बोलेर दैनिक कामलाई अगाडि बढाउनु उचित हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। काम नबन्दा मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। नयाँ रोगले आक्रमण गर्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। परिवारमा मनमुटावको जोखिम छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।