शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

जितिया पर्वमा रत्ननगर नगरपालिकाले दियाे सार्वजनिक बिदा

Share:
228

रत्ननगर, भदाै २९ । थारू समुदायका महिलाले मनाउने जितिया पर्वकाे अवसरमा पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले भाेली (साेमबार) सार्वजनिक बिदा दिएकाेछ ।

नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायका महिलाहरुको महान पर्व जितियाको अवसरमा सम्पूर्ण नगरबासीहरुलाई सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै थारु समुदायका महिलाहरुको महान पर्व जितियाको अवसरमा भाेली ३० गते सोमबारका दिन यस रत्ननगर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा विदा दिने र नेपाल सरकारको निर्णयानुसार जितिया पर्व मनाउने थारु समुदायका कर्मचारीहरुको लागि बिदा दिने निर्णय नगर प्रमुख प्रलाद सापकाेटाद्वारा जारी गरेकाे बिज्ञप्तीमा जनाईएकाेछ ।

जितिया पर्वको मुख्य दिन भाेली (साेमवार) उपास (व्रत) परेको छ । थारू समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यस अवसरमा सो समुदायका महिला झम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने गर्दछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।