बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

चितवनमा हट्यो कर्फ्यू र निषेधाज्ञा, अवस्था सामान्य बन्दै

Share:
263

चितवन, भदौ २८ । चितवनमा लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुनेगरि हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । यहाँ जेनजीको प्रदर्शनपछि २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र रातको समयमा कफ्र्यू लगाउँदै आइएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गर्नुभएको छ । चितवनमा शुक्रबारदेखि अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शनका क्रममा चितवनका अधिकांस सरकारी कार्यालयमा क्षति पुगेको छ । सबै कार्यालय सरसफाईको काम समेत सुरु गरिएको अर्यालले बताउनुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।