शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

देशका विभिन्न स्थानमा वर्षा : सावधानी अपनाउन आग्रह

Share:
185

काठमाडौं, भदौ १५ । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ। सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ।

यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव दुई मिलिमिटर, डोटीमा १६ दशमलव दुई मिलिमिटर र बझाङको थलारामा ११ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ। आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।