शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

अर्पण साकोसमा भदौं १६ गते रक्तदान कार्यक्रम हुने

Share:
161

रत्ननगर, भदाै १३ । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं स्थापना दिवसको अबसरमा यही भदौं १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

रेडियो अर्पण १०४.५ मेघाहर्जको संयुक्त सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम विहान ७ बजे बाट अर्पण साकोसको प्राङगढमा सुरु हुने छ ।

संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रम गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

संस्थाले कारोबार सुरु गरेको दिनलाई आधार मानेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।

कम्तिमा १०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

“रक्तदानः जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, सहकारी सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक टुकानाथ अर्यालले बताए ।

मेडिकल सिटीको रुपमा परिचित चितवनमा भइरहने रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

संस्थाका सचिव महेश पाण्डेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा संस्थाका पूर्व अध्यक्ष यमन भूषाल, उपाध्यक्ष रामकुमार बजगाईँ, सदस्यहरु आयुषचन्द्र श्रेष्ठ र ध्रुवराज लामिछानेको उपस्थिति रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।