बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

विद्युत व्यवसायी संघ-चितवनकाे तीज कार्यक्रम

Share:
318

चितवन । विद्युत व्यवसायी संघ-चितवनको आयोजनामा हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ।

संघका अध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसको सभा हलमा भएकाे कार्यक्रममा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा (घिमिरे) प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, विद्युत व्यवसायी महिला समूहकी अध्यक्ष रिता देवी सुवेदी, संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन संघका तृतीय उपाध्यक्ष खगराज अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायण वंशीले गर्नुभएको थियो।

उपस्थित सबैले एक आपसमा तीजको शुभकामना आदान–प्रदान गर्दै नेपाली नारीहरूको संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए।

विद्युत व्यवसायी संघ–चितवनले हरेक वर्ष जस्तै यस वर्ष पनि तीजकाे शुभकामना आदान प्रदान गर्दै दर खाएर कार्यक्रम गरेकाे हो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।