मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

बिहीबारका विदेशी मुद्राको विनिमय दर

Share:
175

साउन १ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ३१ पैसा र बिक्रीदर १६० रुपियाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ एक पैसा र बिक्रीदर १७१ रुपियाँ ७६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४५ पैसा र बिक्रीदर ८९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९४ पैसा र बिक्रीदर १०० रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ७८ पैसा र बिक्रीदर १०७ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २३ पैसा र बिक्रीदर ३२ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ सात पैसा र बिक्रीदर १४ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४४ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ७५ पैसा र बिक्रीदर ४५० रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपियाँ ९३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

यस्तै, यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने राष्ट्र बैङ्कले उल्लेख गरेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।