मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

नेपालको सानदार जितमा मीनाको ह्याट्रिक

Share:
275

असार ३२ । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन्। उनले खेलको आठ, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एकरएक गोल गरे।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो। नेपालको लागि मीनाले सुरुवाती गोल गरिन्। त्यसपछि खेलको १३ औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ४२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन्। त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन्।

खेलको ७० औं मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।