मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

Share:
366

आज २०८२ साल असार ३२ गते बुधबार। साउन कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १६ तारिख। आज असार मासान्त परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य रहेको छ। सोचेका काममा बाधा अड्चन आउनसक्छ। बन्धुको साथले मनमा शान्ति मिल्नेछ। स्वास्थमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल हुनेछ।

वृष : दिन राम्रो छ। ठूलासँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पठनपाठनमा थप मिहिनेत गर्नुपर्नेछ । स्वदेशमै गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। व्यवहारमा सुधारका संकेत देखापर्नेछन्। कृषिमा गरेको लगनीबाट फाइदा मिल्नेछ। आज पश्चिमको एकल यात्रामा नजानु राम्रो हुनेछ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने समस्या आउन सक्नेछ। पारिवारिक सम्बन्धमा गढबढी हुनसक्ने छ।

सिंह : दिन सामान्य रहेको छ। साना कुराले मनमा चिन्ता बढ्नेछ। बाहिरको साथीले प्रशंसा गर्नेछन्। आफूभन्दा ठूलाको उपदेश मानेर अघि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग घुमघाम तय हुँदा मन हर्षित हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारले मनमा उत्साह थपिनेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले साथ दिनेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा सम्मान मिल्नेछ। स्वदेशीभन्दा विदेशी लगानीबाट लाभ मिल्नेछ।

वृश्चिक : दिन राम्रो रहेको छ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। सचेत रहनुहोला। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ। राजनीतिमा राम्रो पहुँच रहेको छ।

धनु : दिन सामान्य रहेको छ। खानामा अरुची बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। शत्रु बढ्ने योग परेको छ। दाम्पत्य जीवनमा तपाईंको मनोकामना पूरा हुनेछ। धार्मिक क्षेत्रमा चर्चाले मनमा शान्ति मिल्नेछ।

मकर : आज तपाईंको दिन राम्रो रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। सहकार्यमा गरेको व्यापार व्यवसायबाट उल्लेखनीय फाइदा हुनेछ। अरुको निर्णयमा भर पर्दा घाटा हुनसक्छ।

कुम्भ : धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत भेटिनेछन्। तपाईंले गरेको शिक्षाको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। बिहान उठेर शिवजीलाई जल अर्पण गरेर अघि बढे दिन सहज हुनेछ।

मीन : आज दिन राम्रो रहेको छ। आफ्नै राशीमा चन्द्रमा पुगेकाले सानातिना समस्या थेग्नसक्ने क्षमता बढ्नेछ। स्वास्थ्यमा उल्लेखनीय सुधार हुनेछ। रोजगारको क्षेत्रमा भने पदोन्नती हुने सम्भावना छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।