शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

पूर्वी चितवनको कुमरोजका खेतबारीमा देखिए ६१ प्रजातिका चरा

Share:
517

चितवन, असार २८ । पूर्वी चितवनकाे खैरहनी नगरपालिकाको कुमरोज गाउँमा बर्ड एजुकेशन सोसाईटीकाे शनिबार चरा अवलोकन कार्यक्रमले प्रभावशाली नतिजा ल्याएको छ ।

जसमा ११ जना सहभागीले ६१ प्रजातिका चराहरू देखेका छन्। अवलोकनमा वाटरकक, फिजेन्ट-टेल्ड ज्याकाना, ग्रेटर पेन्टेड स्नाईप र ऊली-नेक्ड स्टर्कजस्ता दुर्लभ पंक्षिहरु समावेश थिए।

कार्यक्रमले चितवनमा दुर्लभ चरा प्रजातिहरूको बासस्थानको रूपमा धानखेत र सम्बन्धित सिमसार क्षेत्रहरूको महत्वलाई प्रकाश पारेको थियो।

बर्ड एजुकेशन सोसाइटीले यस क्षेत्रमा नियमित रूपमा चरा अवलोकन र जागरूकता कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेकाे छ। जसले यस क्षेत्रको चराहरूको संरक्षण र महत्त्वलालाई प्रवर्द्धन गर्दछ।

चरा अवलोकनका क्रममा सोसाईटीका अध्यक्ष बिजय गिरी, सचिव प्रकाश चापागाई, सदस्य शीरलाल परियार, नेचरगाईडका अध्यक्ष अनिल गुरुङ, गाईडहरु जनक परियार, रोजन सुवेदी, अनिल महतो, ईश्वर कंडेल, निरज चौधरी, सिद्धार्थ तामाङ, सन्त कुमार तामाङ लगाएतको सहभागिता रहेको थियो ।

अर्को हप्ताकाे चरा अवलोकन आगामी शनिबारको लागि तय गरिएको छ साथै स्थानबारे चाडै सुचना गरीने र उत्साहीहरूलाई नयाँ क्षेत्रको चरा अन्वेषण गर्न आमन्त्रित गरिने साेसाईटीले जनाएकाेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।