बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कारागार कार्यालय भरतपुरमा मौसमी रुघा र ज्वरोको समस्या

Share:
349

चितवन, असार २४ । कारागारमा मौसमी रुघा र ज्वरोको समस्या कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ ।

कारागारमा रहेका २२ जनामा यस्तो समस्या देखिएपछि उपचार सुरु गरिएको हो । कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार गरिएको हो ।

मौसममा आएको परिवर्तनसँगै वर्षातका कारण समस्या देखिएको उहाँले बताउनुभयो ।

“मनसुनमा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको छ । महामारी आउनसक्ने बिरामी, क्षयरोगलगायतलाई छुट्टै राखेर उपचार गर्ने गरिएको छ”, ढुङ्गानाले भन्नुभयो ।

यहाँ हाल ७१६ जना कैदीबन्दी र चारजना आश्रित बालबालिका रहेका छन् । कारागारमा ३५ जना महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ जना महिला र ६८२ जना पुरुष कैदीबन्दी रहेका छन् । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।