बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनमा दुध बोक्ने गाडी र माइक्रो ठोकिँदा एक जना घाइते

Share:
996

चितवन, असार २२ । चितवनको भरतपुर महानगरपालिका–५ स्थित मिलिजुली चोकमा आइतबार बिहान दुधबोक्ने गाडी र माइक्रोबस आपसमा ठोकिँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिताराम चोकबाट तोरीखेततर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८४२४ नम्बरको दुध बोक्ने गाडीले भित्री शाखा सडक हुँदै आइरहेको ना–१ ज ८७६८ नम्बरको माइक्रो बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनापछि दुधबोक्ने गाडी सडकमै पल्टिएको छ भने माइक्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरमा खसेको प्रहरीले जनाएको छ।

दुबै सवारी साधनमा चालकबाहेक अरू कोही थिएनन्। दुर्घटनामा घाइते भएका दुधबोक्ने गाडीका चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। माइक्रोबसका चालक भने सकुशल रहेका चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।