रत्ननगर, असार १३ । रत्ननगर उद्योग बाणिज्य संघमा शुक्रबार मकवानपुर उवासंघका महिला उद्यमी विकास समितिको टोलीलाई स्वागत गर्दै उद्यमशिता प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिला उद्यमी विकास समितिकी संयोजक सीता भेटवाल सहितको टोलीलाई स्वागत गरेका थिए ।
सो अबसरमा रत्ननगर उवासंघ र मकवानपुर उवासंघले उद्यमशितामा प्रर्बद्धनमा गरेका असल अभ्यास आदान प्रदान गर्दै महिलाहरुलाई उद्यमी बनाउन गरिएका काम र उलब्धिहरुको बारेमा अन्तक्र्रिया गरिएको संघका अध्यक्ष गिरीले बताए । रत्ननगर उवासंघले व्यवासयिक विकाससंगै उद्यमशिलता विकास र सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको बताए ।
महिला उद्यमी विकास समितिकी संयोजक भेटबालले मकवानपुर उवासंघले उद्यमशिलता विकासमा रचनात्मक काम गरेको बताइन् । उनले व्यवसायिक सुरक्षसंगै महिलाहरुलाई उद्यमी बनाउन सरकारसंग मिलेर आफुहरुले काम गर्दै आएको बताइन् ।
कार्यक्रममा रत्ननगर उवासंघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी प्रर्बद्धन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ, उद्यमशिला महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा, उद्यमी महिला विन्दु शर्मा लगायतले मन्तव्य राखेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तब्य राखेको उक्त कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रम संघका कार्यसमिति सदस्य इश्वरी सिंखडा, रघुनाथ भट्ट लगायतको उपस्थिति रहेको थियो ।







