शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

Share:
233

काठमाडौं, असार १३ । नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालले कुनै पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि सुरू सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा चलाइएको निष्कर्ष पनि निकालिएको ज्वालाले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूमाथि भ्रष्टाचारको झूटो मुद्दा लगाइएको बताएका थिए ।

उक्त बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताकोबाट राजीनामा दिएर बाहिर बस्नु नपर्ने निष्कर्ष निकालेको ज्वालाले बताएका छन् ।

‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई फसाउने कोसिस गरियो’, उनले भने, ‘हाम्रो पार्टीमाथि पहिलेदेखि नै, स्थापना भएदेखि नै, एमालेबाट विद्रोह गरेदेखि नै प्रहार र षड्यन्त्र हुँदै आएको थियो । यो मुद्दा त्यही प्रहारको अर्को श्रृंखला हो । हाम्रो अध्यक्षलाई झुटो मुद्दा लगाइएको छ ।’

उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको बताए ।

‘हाम्रो पार्टीका अध्यक्षमाथिको मुद्दा आन्दोलनमाथिको प्रहार हो’, उनले भने, ‘माधव नेपाल अहिलेका नेतामा सबैभन्दा स्वच्छ छविका हुनुहुन्छ । उहाँको जीवनशैली सरल छ । उहाँलाई मुद्दा लगाएर हाम्रो पार्टीलाई कमजोर बनाउन खोजिएको छ । यो विशिद्ध प्रतिशोधका कारणले लगाइएको मुद्दा हो ।’

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।