शुक्र, जेष्ठ १, २०८३
Search
शुक्र, जेष्ठ १, २०८३

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

Share:
330

असार १० । तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ । भारतका आदिवासीहरुको संस्था जोइन एक्सन कमिटी अफ ट्राइबल कम्युनिटीजले मुद्दा दर्ता गरेको हो ।

विजयको अभिव्यक्तिलाई लिएर भारतका आदिवासीहरु असन्तुष्ट थिए । उक्त संस्थाका अध्यक्ष नेनावथ अशोक कुमार नाइकले उनीविरुद्ध साइबराबादको रायदुर्गम प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन् ।

उजुरी परेसँगै प्रहरीले १७ जुन २०२५ मा मुद्दा दायर गरेको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

केही महिनाअघि हैदरावादमा एक फिल्मको कार्यक्रममा दिएको अभिव्यक्ति कारण विजयले मुद्दा खेप्नु परेको हो । उनले त्यसबेला भनेका थिए, ‘आजका आतंकवादीहरू ५०० वर्ष पहिलेका आदिवासीहरूले जस्तै लड्छन् ।’

उनले पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर उक्त अभिव्यक्ति दिएका हुन् । उनले ती आतङ्कदी र पाँच सय वर्ष पहिलाका आदिवासीको शैक्षिक चेतना उही भएको कोणबाट अभिव्यक्ति दिएका थिए ।

तर, आदिवासीहरुले भने आतङ्कवादीसँग आफूहरुलाई जोडेको भन्दै असन्तुष्ट बनेका हुन् । यो घटनाले अहिले मुद्दाको स्वरुप लिएको छ ।

विजयले सामाजिक सञ्जालबाट आदिवासीसमक्ष माफी पनि मागेका छन् । उनले कसैको भावना र आत्मासम्मानमा चोट पुर्‍याउने आफ्नो नियत नरहेको दाबी गरेका छन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।