मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल

Share:
576

आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण पक्षको चतुर्दशी। तदनुसार सन् २०२५ जुन २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्तसँग विवाद हुनेछ। व्यापारमा भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर काम गर्ने समय छ।

वृष : दिन राम्रो छ। तपाईंको सम्पत्तिमा आक्रमण गर्न खोज्ने साथीसँग सचेत बन्नुपर्ने छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा आलस्य बढ्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुने दिन छ।

मिथुन : सञ्चित धन खर्च हुने दिन छ। साथीले आफ्नो विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बन्धुसँग सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कर्कट : दिन राम्रो छ। साथीको साथमा आफ्नो काम सहजै गर्न सक्नु हुन्छ। शिक्षामा अल्छीपन बढ्नेछ। परीक्षा लेखिसकेको भए नतिजा राम्रो प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश गर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। धेरै बोल्दा बन्न लागेको काममा अवरोध हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले आफ्रन्तको साथमा रमाइलो खानपिन हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको काम सफल बन्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम गर्न सहज हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा बौद्धिक टकराब हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

तुला : परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षामा तपाईंलाई काम लगाएर फाइदा लिने धेरै छन्। राजनीतिक क्षेत्रमा सेवाको सेवाको अवसर मिल्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिसँग भेटघाटको सम्भावना रहेको छ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। रोजगारी प्राप्त हुने दिन छ। रोगलाई सानो भनेर लापरवाही गर्दा स्वास्थ्यमा समस्या आइपर्नेछ।

धनु : सानो कुराले मन दुख्ने छ। खटपटी बढ्ने जोखिम छ। शनिको प्रभावले आफन्त टाढा हुनेछन्। दाम्पत्य जीवन सुखमय बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। पदोन्नति हुने सम्भनावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। आज दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। शनिदेव उचित ठाउँमा भए सोचेका काम बन्नेछन्।

मीन : दिन सामान्य छ। सम्पत्ति आर्जन हुनेछ। सहकार्य गरेर व्प्यापारमा अगाडि बढ्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मन शान्त भएकाले परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।