शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Share:
265

काठमाडौं, असार ७ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शनिबार अमेरिकी डलर घटेर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ। युरो हिजोको भन्दा केहि बढेको हो। शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४ पैसा र बिक्रीदर ९० रूपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ ८६ पैसा र बिक्रीदर १०१ रूपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपियाँ ५८ पैसा र बिक्रीदर १०८ रूपियाँ ०५ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ५० पैसा र बिक्रीदर नौ रूपियाँ ५४ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८४ पैसा र बिक्रीदर ३७ रूपियाँ, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९२ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ २२ पैसा र बिक्रीदर चार रूपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६४ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ५१ पैसा र बिक्रीदर ३२ रूपियाँ ६५ पैसामा विनिमय हुनेछ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १० पैसा र बिक्रीदर १० रूपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ३२ पैसा र बिक्रीदर १४ रूपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ३४ पैसा र बिक्रीदर २१ रूपियाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ४० पैसा र बिक्रीदर ४५३ रूपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ ०५ पैसा र बिक्रीदर ३६० रूपियाँ ६० पैसा रहेको छ।

भारतीय रूपियाँ १०० को खरिद दर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।