शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा

Share:
379

रत्ननगर, असार ५ । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा दिइएको छ ।

खैरहनी स्थित लोकसेवा सारथी प्रा.लि.को सहजीकरण कालिका नगरपालिकाले आयोजना गरेको ७० दिने लोकसेवा तयारी कक्षा विहीबार समापन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मीले कालिकाबासी युवाहरुलाई सरकारी सेवा प्रवेशको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए ।

कालिकाका युवाहरु निजामती सेवाको माथिल्लो पदहरुमा पुगेको हेर्ने आफुलाई रहर रहेको भन्दै त्यसको अबसरको लागि लोकसेवा तयारी कक्षा सहयोगी सिद्ध हुने बताए । बैदेशिक रोजगारीको मोहले गाउँ र बस्तीहरुमा युवाहरुको संख्या पातलिदै गएको भन्दै मेयर रेग्मीले सरकारी जागिर खाएर देशको सेवामा लाग्न आग्रह गरे ।

उपमेयर विमला तामाङले नगर भित्रका युवाहरुलाई सरकारी सेवा अबसरको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको भन्दै परीक्षाको तयारी जिम्मेवार भएर गर्न आग्रह गरिन ।

लोकसेवा सारथी प्रा.लि का सञ्चालक महेश घिमिरेले स्थानीय सरकारसंग सहकार्य गरी चितवनमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए । २०७६ सालमा स्थापना भएको प्रा।लि।ले अहिले सम्म लोकसेवा तयारी कक्षा दिएका १५ हजार युवामध्ये एक हजार २०० जना सरकारी सेवामा जागिरे रहेको उनले जानकारी दिए ।

८० प्रतिशत नगरपालिका र २० प्रतिशत प्रशिक्षार्थीको लगानीमा गरिएको तयारी कक्षामा सुकदेब लम्साल, ऋषिप्रसाद कडुवाल, झलकुमार श्रेष्ठ, अर्जुन लामिछाने, सविता अर्याल, तीर्थराज खनाल, सुवास कुँवर, रमेश अधिकारी, विष्णु अधिकारीले प्रशिक्षार्थीहरुलाई पढाएका थिए ।

महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट सुन्तलीमाया स्यङ्दान, सेवक अधिकारी र राम पौडेलले मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।