रत्ननगर, जेठ २७ । रत्ननगर नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरलाई मध्यनजर गर्दै भोली (बुधवार) एक दिन नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदाकाे घोषणा गरेको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार
यो बिदा वर्षे बिदाबाट कट्टा हुनेछ । नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सम्पूर्ण विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।








