शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

इलाममा चिया बेचर फोहोर व्यवस्थापन र सरसफाई

Share:
209

इलाम, जेठ २६ । पूर्वी नेपालको इलामका एक जना युवाले चिया बेचेर आफ्नो गाउँठाउँ सरसफाई गर्दै आएको पाइएको छ ।

सुर्यदय नगरपालिका वडा नं १० इलाम निवासी सुनिस लामाले थर्मशमा चिया बेचर फोहोर व्यवस्थापन र सरसफाईको काम गर्दै आएका हुन् ।

२२ बर्षीय लामाले दाई चिया समुह बनाएर इलाम इलाम सरसफाई अभियान चलाएका छन् । उनीहरुको अभियान सातौं हप्तामा प्रवेश गरिसकेको छ । उनको समुहमा नौं जना युवाहरु छन् ।

सरसफाई अभियानको निरन्तरताको लागि लामालाई स्थानीय रोशन श्रेष्ठले अभिभावकत्व प्रदान गरेका छन् । लामाले चिया बेचर आम्दानी भएको पैसाले माक्स, ग्लोब्स खरिद गर्छन भने उनैले दाई चिया लेखेको टिर्सट किनेर युवाहरुलाई लगाइदिन्छन् ।

दीगो फोहोर व्यवस्थापन नहुँदा इलाम जिल्लामा प्रर्दुशण बढ्दो अबस्थामा रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात इलाममा फोहोर व्यवस्थापन हुन नसकेको लामाले बताए ।

“प्लाष्टिक तथा शिसाजन्य फोहोरले इलामा कुरुप बन्दै गएको छ लामाले भने इलामलाई प्रर्दुशणको जोखिमबाट जोगाउन सरसफाई अभियान चलाएका छौं । चिया बचेर सरसफाई अभियान चलाउदा समेत त्यस तर्फ सरकारको ध्यान जान सकेको छैन् ।”

उनीहरुको सरसफाई इलाम, फिकल बजार तथा भालुढुंगामा केन्द्रित रहेको छ । स्थानीयले फोहोर फालेको ठाउँलाई सरसफाई गरी लामा नेतृत्वको टिमले सयपत्री फुल खेती सुरु गरेको छ ।

चितवनमा संरक्षण, सरसफाई र विपद् व्यवस्थापन क्षेत्रका अगुवा रत्ननगर निवासी बसन्त रानासंग एकहप्ता लामाको भेट भयो । राज्यले गर्नुपर्ने काम एउटा युवाले चियाबेचर आर्जन गरेको पैसाले गरेको देख्दा राना अचम्वित भए ।

इलामका लामाले गरेको काम अनुुसरण गर्न लायक मात्र छैन् रानाले भने यो उदाहरणीय पनि छ । इलामका फुर्बा वाइवा, रुपन चाम्लिङ राइले पनि इलामको विभिन्न ठाउँमा सरसफाईको काम गरिरहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।