शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

कुमरोज वनकाे साधारण सभा : सौराहाको पर्यटन विस्तारमा सहकार्य प्रस्ताव

Share:
470

रत्ननगर, जेठ २६ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। वनका अध्यक्ष राजु प्रसाद सिलवालको सभापतित्व र खैरहनी नगरपालिका वडा नं. १३ का वडाध्यक्ष कुल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि भुसालले सौराहाको पर्यटन व्यवसाय हाल संकटमा रहेको उल्लेख गर्दै सौराहाको संरक्षण र प्रवर्द्धनका लागि कुमरोजसँग सहकार्य आवश्यक रहेको बताए। ‘सौराहाको पर्यटनलाई उकास्न र यो क्षेत्रको पहिचान जोगाउन कुमरोजसँग हातेमालो गर्नुपर्छ,’ उनले भने। उनले कुमरोज र सौराहाको सहकार्यले पर्यटकको संख्या वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने विश्वास व्यक्त गरे।

वनका अध्यक्ष सिलवालले सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर सुधार्ने र वन संरक्षणको भावना जागृत गर्ने प्रतिबद्धता जनाए। ‘हामी पर्यटकीय गतिविधिलाई प्राथमिकता दिँदै समुदायको हित र दिगो विकासका लागि काम गरिरहेका छौँ,’ उनले भने।

लेखा समिति संयोजक सूर्य प्रसाद भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार वनले उल्लेखनीय प्रगति गरेको छ। चालु आर्थिक वर्षमा कुमरोजले पर्यापर्यटनबाट ६ करोड २ लाख रुपैयाँ र वन पैदावारबाट १ करोड ५१ लाख ६ हजार ९६४ रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानीले वन संरक्षण, सामुदायिक विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा वनको निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने पाँच जनालाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा निर्वाचन समिति संयोजक प्रेम केसी, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा समिति सदस्य शान्त बहादुर मगर, समिति सदस्यहरू प्रेम रेग्मी, जानुका ढुंगाना र रामानन्द चौधरी रहेका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।