बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

रत्ननगर उवासंघमा उद्घोषण तथा माइन्यूट लेखन तालिम

Share:
284

रत्ननगर, जेठ २१ । रत्ननगर उद्योग बाणिज्य संघमा उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम सुरु भएको छ ।

रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिमको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले संघले उद्यामशिलता विकास र नेतृत्व विकासमा गरेको कामको अनुशरण गर्न योग्य रहेको बताए । निजी क्षेत्रले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्व बहन गर्न सके विश्वास बढ्ने उनको भनाई छ ।

संघका अध्यक्ष शंकर गिरीले उद्यमी महिलाहरुलाई क्षमता तथा नेतृत्व विकासका लागि उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । नेतृत्व तहमा पुग्ने सम्भावना भएका उद्यमी महिलाहरुलाई केन्द्रीत गरी तालिम गरिएको उनको भनाई छ ।

लायन्स क्लयका नेता निरज श्रेष्ठले बैठक सञ्चालन तथा माइन्यूट लेखन तथा सञ्चारकर्मी रामकान्त पौडेलले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनेछन् ।

संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

तालिममा ४० जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग बाणिज्य संघले स्थानीय सरकारको आर्थिक सहयोगमा महिलाहरुलाई उद्यामी बनाउन सीप मुलक तालिम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।