शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

Share:
327

जेठ २० । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल मंगलबार हुँदै छ। फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल मंगलबार साँझ ७स्४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन्।

आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ। टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि विजेता उनका लागि १८ औँ आईपीएल पनि उपाधि विहीन हुनु सुखद भने पक्कै होइन। बेजोड प्रदर्शन गरेका उनले आठ संस्करणमा ५०० भन्दा बढी स्कोर बनाइसकेका छन्।

पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन। चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ।

पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।