बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

रत्ननगरमा कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिम सुरु

Share:
378

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना'(दोस्रो चरण) अन्तर्गत पेशागत कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिमको उद्घाटन रत्ननगर वडा नं. १ मा सम्पन्न भएको छ। १० महिना अवधिको यो तालिम नेपाल उद्यमी विकास परामर्श केन्द्र प्रा. लि. द्वारा सञ्चालन हुनेछ।

उक्त तालिमका लागि ४० जनाको आवेदनबाट परिक्षामार्फत २० जना प्रशिक्षार्थी छनोट गरिएको छ। तालिम निःशुल्क हुनुका साथै प्रशिक्षार्थीहरूलाई खाजाको व्यवस्था समेत गरिएको छ। तालिमको प्रशिक्षक विश्व खनाल रहनुभएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगरका कार्यवाहक नगर प्रमुख यादव प्रसाद पाठकले तालिमले युवाहरूलाई प्राविधिक सीप प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो। विशिष्ट अतिथि रत्ननगर नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सीपमूलक तालिमले स्थानीय स्तरमा दिगो विकासमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

कार्यक्रममा तालिम प्रदायक संस्थाका प्रमुख रविन्द्र श्रेष्ठ र क्यान चितवनका प्रतिनिधि रुपक नेपालले तालिमको महत्व र प्राविधिक क्षेत्रमा यसको योगदानबारे प्रकाश पार्नुभयो। यो तालिमले प्रशिक्षार्थीहरूलाई कम्प्युटर हार्डवेयर र नेटवर्किङको क्षेत्रमा दक्ष बनाउने लक्ष्य राखिएको छ।

यो परियोजनाले रत्ननगरका युवाहरूलाई आत्मनिर्भर बनाउँदै सम्मानित रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।