मङ्ल, जेष्ठ १९, २०८३
Search
मङ्ल, जेष्ठ १९, २०८३

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

Share:
208

काठमाडौं, जेठ १९ । सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।

उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरू यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बसिरहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।