बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिका- ४ मा जि.पि.एस प्रणालीमा आधारित घर नम्बर प्लेट टाँस्न सुरु

Share:
439

रत्ननगर, जेठ १९ । चितवनको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जि.पि.एस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । कालिका वडा नं. ४ बाट घर नम्बर वितरण थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गरे । उनले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने बताए । उनले भने, “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छौं, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरी नै घर नम्बर राख्छौँ ।”

आउँदो वर्षको बजेटमा रु ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उनले बताए । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिए ।

कालिका वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताए । उनले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताए ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८ सय हाराहारी घरधुरी रहेको उनले जानकारी दिए । कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ । यो प्लटिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ।

घर नम्बर वितरण कार्यक्रममा वडा नं १ का वडा सन्तवीर स्यङदान, २ का वडा अध्यक्ष लक्ष्मण पाैडेल, ५ का वडा अध्यक्ष दिपक भट्टराई, ४ का वडा सदस्य बाबुराम शर्मा लगाएतकाे सहभागीता रहेकाे थियाे ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।