बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

दोश्रो माधवपुर गोल्डकपको उपाधी एपीएफलाई

Share:
335

रत्ननगर । दोश्रो संस्करणको माधवपुर गोल्डकपको उपाधी विभागीय टोली एपिएफले जितेको छ । शनिबार निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि टाइव्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो । टाइव्रेकरमा अभिषेक चर्च रजहरलाई ५–४ गोलले हराउँदै एपिएफले प्रतियोगिताको उपाधी जितेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिमले दोश्रो हाफमा २-२ गोल गरे । अभिषेकका लागी जर्सी नम्बर ११ का एडम सोडिकले दोश्रो हाफको तेश्रो मिनेटमा गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै अभिषेककै ७ नम्बर जर्सीका खेलाडी सुजित बुढाथोकीले दोश्रो हाफको तेर्हौं मिनेटमा अर्को गोल गरेपछि प्रतिद्वन्दी टिमएपिएफ दबाबमा आएको थियो ।

दुई गोल खाएर पछी परेको एपिएफले सम्हालिएर खेल्दै दुवै गोल फिर्ता गर्न सफल भयो । एपिएफका लागी जर्सी नम्बर १० का सविन गुरुङ र जर्सी नं. ७ का विज्ञान चौधरीले गोल गरेका थिए । निर्धारित समयपछी थपिएको चार मिनेटको अन्तिम समयमा पाएको सुन्दर मौकालाई एपिएफले गोलमा परिणत गर्न नसक्दा खेल ट्राईब्रेकरमा पुगेको थियो ।

खेलमा एपिएफका गोलरक्षक उमेश कार्की म्यान अफ दि म्याच घोषित भए । साथै कार्कीले समग्र प्रतियोगिताकै “उत्कृष्ट गोलरक्षक” को उपाधी समेत जित्न सफल भए । त्यस्तौ एपिएफकै सबिन गुरुङ ‘सर्वाधिक गोलकर्ता’ र अभिषेकका समिप ढकाल ‘उत्कृष्ट खेलाडी’ को उपाधीले सम्मानित भए ।

जितसँगै एपिएफले २,२२,२२२ नगदसहित गोल्ड कप जितेको छ । उपविजेता बनेको अभिषेक चर्च रजहरले १,११,१११ नगदसहित ट्रफि प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई वडाध्यक्ष आसिक तामाङ लगायतले ट्रफि तथा पुरस्कार प्रदान गरे ।

माधवपुर खेलकुद विकास समितिको आयोजनामा रत्ननगर १५ मा रहेको खेलमैदानमा भएको प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको अभिषेक चर्च रजहर उत्कृष्ठ खेल खेलेर पनि उपाधीबिहीन भयो ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा भएको प्रतियोगिता जेठ १० गतेदेखि सुरु भएको थियो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।