आइत, असार ७, २०८३
Search
आइत, असार ७, २०८३

आज २०८२ साल जेठ १८ गते आइतबारको राशिफल

Share:
428

 आज २०८२ साल जेठ १८ गते आइतबार। जेठ शुक्ल पक्षको पष्ठी तिथि। कुमार षष्ठी। तदनुसार सन् २०२५ जुन १ तारिख। वन उपभोक्ता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंका लागि दिन सामान्य छ। राजनीतिमा त्रास बढ्नेछ। जुनसुकै काम गर्दा पनि धेरै मिहिनेत गर्नुपर्नेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

वृष : दिन सामान्य छ। हरेक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यता आइपर्नेछ। साथीसँग सहकार्य गरेर सुरु गरेको कामबाट फाइदा होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आज तपाईं धनका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। मन अशान्त बन्ने जोखिम छ।

कर्कट : राम्रो काम बन्नेछ। बोलीमा सरस्वतीको बास छ। बोल्दा तीन पटक सोचेर बोल्नु उपयुक्त होला। साथीसँग सल्लाह गरेर मात्र ठुलो लगानीमा हात लगाउनु उचित हुनेछ।

सिंह : अनावश्यक यात्राले मनमा असन्तोष पैदा हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ।

कन्या : आज तपाईंका लागि दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। विरोधी कमजोर हुनेछन्। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : भाग्यमा शुभग्रहले साथ दिएको छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा सफलताका लागि लामो समय मिहिनेत गर्नुपर्ने बाध्यता आइपर्न सक्छ।

वृश्चिक : राज्यको उच्च तहबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक गर्ने भए महत्त्वपूर्ण नियुक्ति मिल्नसक्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले हरेक काममा सहयोग गर्नेछन्।

धनु : अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। आज घुमघामको अवसर प्राप्त हुनेछ। परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ। आफन्तले प्रशंसा गर्नेछन्।

मकर : तपाईंका लागि दिन राम्रो छ। डुब्न लागेको धन हात लाग्नेछ। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंलाई विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा मिहिनेत गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा सचेत बन्न खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।

मीन : शिक्षामा प्रगति हुनेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। आफ्नो योजना सहकर्मीसँगसँगै अगाडि बढाएमा नाफा होला। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।