शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आईपीएलमा कीर्तिमान बढाउँदै रोहित शर्मा : के के बने रेकर्ड ?

Share:
324

जेठ १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा गुजरात टाइटानलाई हराउने क्रममा मुम्बई इन्डियन्सले प्ले अफमा दोस्रो ठुलो योगफलको कीर्तिमान गरेको छ।

मुम्बईले पाँच विकेटको क्षतिमा २२८ रन बनाएको हो। यसअघि सन् २०२३ मा गुजरातले मुम्बईविरुद्ध तीन विकेटको क्षतिमा २३३ रन जोडेको हो। मुम्बईका रोहित शर्माले आईपीएलमा सात हजार ३८ रन प्रहार गरेका छन् । आईपीएलमा विराट कोहलीले ८६१८ रन प्रहार गरेका छन्।

रोहितको आईपीएलमा छक्काको सङ्ख्या ३०२ पुगेको छ। आईपीएलमा ३०० छक्का प्रहार गर्ने रोहित दोस्रो खेलाडी हुन्। क्रिस गेलले कुल ३५७ छक्का प्रहार गरेका छन्। रोहितले २५१ छक्का मुम्बईका लागि प्रहार गरेका हुन्। बाँकी ५१ छक्का डेक्कन चार्जरका लागि प्रहार गरेका थिए। एउटै टोलीका लागि धेरै छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन्। विराट कोहलीले आरसिबीका लागि २९१ छक्का प्रहार गरेका छन्।

गुजरातका साई सुदर्शनले यस सिजनमा ७५९ रन प्रहार गरे। एकै सिजनमा धेरै रन प्रहार गर्ने उनी पाँचौँ खेलाडी हुन्। यसअघि गुजरातका लागि धेरै रन प्रहार गर्ने क्रममा सन् २०२३ मा शुभमन गिलले ८९० रन प्रहार गरेका थिए।

मुम्बईले आईपीएलमा २०० भन्दा बढी रनको लक्ष्य १८ पटक दिएको छ। यी सबैमा सफलता पाएको छ। सो खेलमा कुल ४३६ रन बनेको थियो। एउटै आईपीएल प्ले अफमा सबै भन्दा धेरै रन प्रहार भएको पनि सोही खेल थियो।

यस सिजनमा रसिद खानको बलमा ३३ छक्का प्रहार भए। आईपीएलको एकै सिजनमा धेरै छक्का प्रहार भएको पनि यो पहिलो पटक हो। यस अघि सन् २०२२ मा मोहम्मद सिराजको बलमा ३१ छक्का प्रहार भएको थियो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।