बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

श्री राष्ट्रिय मा. वि शमीपुरको कप्तानमा पौड्याल तथा उप कप्तानमा वाईबा र पाख्रिन बिजयी

Share:
653

रत्ननगर, जेठ १५ । चितवनकको कालिका-१ सूर्यपुरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा प्रजातान्त्रीक प्रक्रियाद्वारा विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गरेका छन् ।

विद्यालयले निर्वाचन तथा सुपरिवेक्षण समिति गठन गरी मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दावी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रचार प्रसार समय र मौन अवधि, मतदान समय समेत गरि ८ दिनको निर्वाचन तलिका प्रकाशन गरे अनुसार बिहिवार बिहान चाैथाे नमुना मतदान भएको हो ।

प्रमुख निर्वाचन अधिकृत तथा विद्यालयका प्राधानाध्यापक धर्मेन्द्र रायमाझीका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा विद्यालयका ४ वटा हाउसहरुबाट १/१ जनाका दरले ४ जना विद्यार्थीहरुले प्रतिनिधि सभा उमेदवार स्कुल कप्तानका लागि उमेदवारी दिएका थिए भने ४/४ वटा हाउसहरुबाट १/१ जनाका दरल ८ जनाले प्रदेश ‘क’ र प्रदेश ‘ख’ को लागि उप कप्तानका उमेदवारी दिई प्रतिष्पर्धामा भाग लिएका थिए ।

जस मध्य प्रशन्ना पौड्याल १०६ मत प्राप्त गर्दै स्कुल कप्तनामा बिजयी भएकीछन् भने उप कप्तान ‘क’ मा सन्दिप वाईवाले १३९ मत प्राप्त गर्दै निर्वाचित भए । यस्तै उप कप्तान ‘ख’ मा जेनिश पाख्रिन र पुष्पा लामाले समान ८८/८८ अंक प्राप्त गरेको हुँनाले गोला प्रथा गराईएको थियो । गोला प्रथाबाट उप कप्तान ‘ख’ मा जेनिश पाख्रिन बिजयी भए ।

यसै क्रममा विद्यालयले प्रत्येक वर्ष यसैगरी मतदानद्वारा विद्यार्थीहरुको नेतृत्व चयन गर्ने र विद्यार्थीको शैक्षिक गुणस्तरमा थप टेवा पुग्नुका साथै, यस्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनको व्यवहारिक अभ्यास भई विद्यार्थीहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।